नोट: यो समाचार १ महिना अघिको हो
विराटनगर । विराटनगरमा पनि काठमाडौ जस्तै राइड शेयरिङ सेवा शुरु भएको छ । अप्पन राईड पार्टनरले वीरगञ्ज र जनकपुरपछि यो सेवा विराटनगरमा शुरु गरेको हो ।
यो कम्पनीले देशभर पठाओ र इन्ड्राइभ जस्तै सेवा दिन अनुमति लिई सकेको छ ।
विराटनगरमा इच्छुक मोटरसाइकल, कार र टेम्पो चालकहरुलाई यो सेवामा जोडिन आह्वान गरिएको छ । गुगल प्लेस्टोरमा गएर अप्पन राईड पार्टनरको एप डाउनलोड गरी इन्कम जेनेरेट गर्नका लागि चालकहरुले आफ्नो ब्लुबुक, लाइसेन्ससहितका कागजात पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।
विराटनगरमा सार्वजनिक यातायातका सेवा संचालन नभएको सन्दर्भमा पठाओ जस्तै सुविधा पाउन अप्पनले सेवा शुरु गरेको हो ।
राइडरहरु जोडिने क्रम शुरु भएसँगै अब विराटनगरमा पनि सेवाले गति लिने बताइएको छ । एपमा अनलाइन देखिने राइडरहरुलाई मोबाइलबाटै कल गरेर जानुपर्ने ठाउँसम्म पुग्न सहज हुने छ ।
