Premier Cables

समाचार

विराटनगर- ८ मा स्वास्थ्य शिविर सम्पन्न, ८०० भन्दा बढी लाभान्वित

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, चैत्र २८, २०८२  | साँझ ६:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर–८, मधुमरास्थित सप्तकोशी बोर्डिङ स्कूल परिसरमा निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ।

स्थानीय युवाहरूको सक्रिय पहल तथा मेट्रो हस्पिटलको सहयोगमा आयोजित उक्त शिविरमा ८०० भन्दा बढी सेवाग्राहीहरूले स्वास्थ्य सेवा प्राप्त गरेको शिविरका संयोजक राघव सहानीले जानकारी दिए।

विज्ञापन

शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, सर्जन, नवजात शिशु तथा बालरोग, मुटु रोग, कान–नाक–घाँटी (ENT) लगायतका विभिन्न विशेषज्ञ चिकित्सकहरूले परामर्श र उपचार सेवा प्रदान गरेका थिए।
आँखासम्बन्धी तथा दाँतसम्बन्धी सेवा बाहेकका लगभग सबै खालका रोगका बिरामीहरूको विशेषज्ञद्वारा उपचार गरिएको शिविरका संयोजक सहानीले बताए।

चिकित्सकले पूर्जमा लेखे अनुसार निःशुल्क औषधि वितरण पनि गरिएको थियो। साथै सुगर, थाइराइड, ईसीजीजस्ता परीक्षणसमेत निःशुल्क गरिए।

शिविर बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको थियो। आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सार्वजनिक स्वास्थ्य कार्यक्रम निरन्तर गर्दै लैजाने योजना छ। कार्यक्रममा कोशी प्रदेशका पर्यटन मन्त्री भीम पराजुली प्रमुख अतिथि रहेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka