Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशमा सबैभन्दा बढी सडक अवरुद्ध

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २४, २०८२  | बिहान ११:०८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । देशभरका विभिन्न स्थानमा हाल ६ वटा सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। आज (बिहीबार)को विवरणअनुसार ती सडकहरू पहिरो र अन्य कारणले पूर्णरूपमा बन्द रहेको ट्राफिक प्रहरीले जनाएको छ।

कोशी प्रदेशअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ स्थित बरुणखोला सडक तथा मकालु गाउँपालिका–३ एकुवा सडक कोशी राजमार्गमा पूर्णरूपमा बन्द छन्।

बिज्ञापन

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को राजदुवालीलगायत क्षेत्रमा पनि सडक पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, तमोर करिडोरअन्तर्गत पाँचथरको तुम्वेवा गाउँपालिका–२ को नावाखोला सडक पनि बन्द भएको जनाइएको छ।

बागमती प्रदेशको पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा तीन स्थानमा सडक अवरुद्ध भएको छ।

त्यस्तै, बिपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित माम्तिखोला, डालाबेसी, बल्ढुंगा र बाँझोखेत क्षेत्रमा पनि पहिरोका कारण सडक पूर्णरूपमा बन्द छ।

सडक खुलाउने कार्य सम्बन्धित निकायमार्फत जारी रहेको जनाइएको छ। यात्रुहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सावधानी अपनाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka