Premier Cables

विराटनगर

मोरङमा ३८६ घर डुबानमा, विराटनगर सबैभन्दा प्रभावित

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | साँझ ६:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अबिरल वर्षासँगै आएको बाढीका कारण मोरङ जिल्लामा ३८६ घर डुबानमा परेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार बाढीप्रभावित १,५६८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

सबैभन्दा बढी क्षति विराटनगरमा भएको छ, जहाँ २०१ घर डुवानमा परेका छन्। अन्य प्रभावित क्षेत्रहरूमा रतुवामाई नगरपालिकाका ७४, सुनवर्षी नगरपालिकाका ६०, कटहरी गाउँपालिकाका ३५ र उर्लाबारी नगरपालिकाका १५ घर डुबानमा परेका छन्।

विज्ञापन

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बाढीपीडितहरूलाई विद्यालय र सामुदायिक भवनमा सुरक्षित स्थानमा सारिएको छ।
मिक्लाजुङमा नुनसरी खोलाले बाँध कटान गरेको छ भने सुनवर्षीमा बक्राहा खोलाको बाँध भत्किएको छ।

रतुवामाई नगरपालिका–५ को कुमार टोलस्थित लारीकट्टा स्कुल छेउको बस्ती साँझ डुबानमा परेपछि २९ घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रजिअ यादवले जानकारी दिए।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka