Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिए पूर्वमुख्यमन्त्री कार्की

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १९, २०८२  | साँझ ६:५३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङका विभिन्न बस्तीहरू अबिरल वर्षाका कारण खोलाको पानी पसेर डुबानमा परिरहेका बेला कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन्।

पूर्वमुख्यमन्त्री कार्कीले विराटनगर-१२ स्थित केशलिया खोलाको बाँध नाघी डुबानमा परेका बस्तीहरूमा पुगेर अवस्थाको प्रत्यक्ष अवलोकन गरेका हुन्। उनले उद्धार तथा राहत कार्यको समन्वय गर्दै प्रभावित स्थानीयहरूसँग भेटघाट पनि गरे। उनले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरे ।

स्थानीयहरूसँगको छलफलमा उनले तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन समाधानका उपायहरूबारे सुझाव दिएका थिए। कार्कीले भने, “मैले नेतृत्व गर्दा केशलिया कोरिडोरको परिकल्पना गरेको थिएँ, जसले बाढी नियन्त्रण मात्र होइन, जनताको दिगो जीवनयापनमा पनि सहयोग पुर्‍याउनेछ।”

उनका अनुसार, केशलिया कोरिडोर परियोजना दीर्घकालीन रूपमा कार्यान्वयन गर्न सके पूर्वी मोरङका आवासीय क्षेत्रको संरक्षण, डुबान न्यूनीकरण र जलनिकास व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्नेछ।

पूर्वमुख्यमन्त्री कार्कीले प्रदेश सरकार र स्थानीय निकायलाई राहत तथा पुनःस्थापनाको काम तत्काल र प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्।

साथै, प्रभावित नागरिकलाई संयमित रहन र आवश्यक सतर्कता अपनाउन अपिल गरेका छन्।

Biratnagar News

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka