Premier Cables
Premier Steel

विराटनगर

मेयर कोइरालाले गरे नयाँ रथ निरीक्षण

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, साउन २७, २०८२  | अपराह्न १:२३ बजे

विराटनगर । यस पटक नयाँ रथमा राधाकृष्ण रथयात्रा हुँदै छ । रथयात्रा आउन अब ४ दिनमात्र बाँकी छ । भारतका कालिगढ झिकाएर बनाएको नयाँ रथ विराटनगर महानगरपालिकाका मेयर नगेश कोइरालाले निरीक्षण गरेका छन् ।

त्यस क्रममा आयोजक समितिका पदाधिकारीले पुर्ननिर्माण गरिएको रथको विषयमा मेयर कोइरालालाई जानकारी गराएका थिए । त्यस क्रममा मेयर कोइरालाले रथयात्रालाई विशेष बनाउन समितिलाई सुझाव दिँदै महानगरका तर्फबाट गर्नुपर्ने सबै सहयोग हुने बताए । राधाकृष्ण रथयात्रा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट निकाल्ने प्रचलन छ ।

बिज्ञापन

मूल समितिका सचिव कृष्ण कार्कीका अनुसार तयारीलाई तीव्रता दिइएको छ । सबै उपसमितिहरु समेत सक्रिय भएर कार्यक्षेत्रमा खटिएको कार्कीले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka