Premier Cables
Premier Steel

समाचार

हर्क साम्पाङको प्रश्नः नेपाल-भारत सिमानाको अवस्था कस्तो छ ?

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज ०९, २०८२  | बिहान १०:२३ बजे
Hamro Biratnagar Headlines

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईले नेपाल-भारतको सिमानाको अवस्था कस्तो छ भन्दै प्रश्न गरेका छन्।

जेनजी आन्दोलनका क्रममा नेपालका सरकारी कार्यालय, भवनहरू तथा भाटभटेनी जलाउनेमध्ये अधिकांश मान्छेहरू भारतबाट आएका जस्ता देखिने बताउँदै उनले यस्तो प्रश्न गरेका हुन्। साथै राईले देशमा भारतको कब्जा भइसकेको दाबी पनि गरे।

‘नेपालका सरकारी कार्यालय, भवनहरू तथा भाटभटेनी जलाउनेमध्ये अधिकांश मान्छेहरू भारतबाट आएका जस्ता देखिन्छन्!’ उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘बोर्डरको अवस्था कस्तो छ? देश कब्जा भैसकेको छ!’

सोही क्रममा उनले यसबारे बिस्तारै थाहा हुँदै जाने बताए। उनले भने, ‘बिस्तारै थाहा हुँदैजानेछ! नेपालीहरू हो… मलाई खिल्ली उडाउँदै बस्नु, पछि थाहा हुनेछ!’

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka