






विराटनगर । धरानका मेयर हर्क साम्पाङले बालेन लुक्ने तर आफू देखिने जनताको प्रतिनिधि भएको भन्दै कटाक्ष गरेका छन् ।
धरानमा आज हाम्रो विराटनगर डटकमसंग कुराकानी गर्दै उनले भने,”म देखिन्छु उहाँ लुक्नु हुन्छ।”
“बालेन युवाले बोलाउदा आउनु भएन । म काठमाडौं पुगें तर उहाँ त सहिदको अन्तिम दाहसंस्कारमा पनि देखिनु भएन । तर देखिन्छु ।” सबैले खोजेका बेला पनि ननिस्कने कहाँ लिडर हुन्छ ? भन्दै उनले प्रश्न गरे ।
“पहिले त धरान महोत्सवमा बोलाएको थिएं । उहाँसँग राम्रै हो सम्बन्ध तर चाहिएका बेला उहाँ नआउनु हुंदो रहेछ” साम्पाङले भने । प्रधानमन्त्री बालेनलाई जेनजीले बनाउन खोजेका थिए तर किन ब्याक भएको भन्दै प्रश्न गरे ।
उनले बालेन प्रधानमन्त्री बन्न नआएपछि युवाहरुको माग आफूतिर नै भएको तर बालेनले सुशीलालाई समर्थन गरेको बताए ।
“मलाई खानेपानी र श्रम मन्त्रालयको जिम्मेवारी दिने सल्लाह भएको रहेछ । मलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री दिने भन्ने पनि तयारी रहेछ, बलेनले नमानेको भन्ने आयो, भित्रबाट खेल्ने उहाँ नै हुनु हुंदोरहेछ” साम्पाङले भने ।
मन्त्री बन्न कर्टेसी मेन्टेन गर्न आफूलाई भारतीय दूतावास एकपटक जानु भन्ने कुरा आएपछि देश सम्झिएर काठमाडौंबाट धरान फर्किएर आएको बताए । देशको लागि आफू कहिल्यै सम्झौता नगर्ने बताए ।
म पनि इन्फ्न्सलुएन्सर हो, निर्देशन दिएर मात्र नहुने भन्दै उनले बाढी आउँदा भेलमा म पस्छु अनि युवा मेरो पछि आउंछन । श्रमदान संस्कृति नेपालीको पहिचान भएको सुनाए ।