Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको बाल सुधार गृहमा प्रहरीको छापा, ६ थान मोबाइल बरामद

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १६, २०८३  | साँझ ४:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ प्रहरीले विराटनगर–३ स्थित बाल सुधार गृहमा छापा मारेर ६ थान मोबाइल फोन बरामद गरेको छ । सुधार गृहभित्र मोबाइल प्रयोग गर्न निषेध गरिए पनि त्यहाँ रहेका बालबिज्याइँकर्ताले लुकिछिपी मोबाइल प्रयोग गर्दै आएको पाइएको हो ।

मोरङ प्रहरीको टोलीले सोमबार बिहान सुधार गृहमा छापा मारेर मोबाइल फोन बरामद गरेको बाल सुधार गृह विराटनगरका प्रमुख सञ्जीव न्यौपानेले जानकारी दिए ।

विज्ञापन

उनका अनुसार सुधार गृहमा नियमित रूपमा चेकजाँच गर्ने क्रममा बालबिज्याइँकर्ताले प्रयोग गर्दै आएका मोबाइल फोन फेला परेका हुन् ।

‘प्रशासनबाट नियमित रूपमा चेकजाँच हुने गरेको छ । सोही क्रममा सुधार गृहभित्र रहेका बालबिज्याइँकर्ताले प्रयोग गर्दै आएका मोबाइल बरामद भएका हुन्,’ न्यौपानेले भने ।

प्रहरीले मोबाइल फोनसँगै सुधार गृहभित्रबाट सुर्तीजन्य पदार्थसमेत फेला पारेको छ ।

सुधार गृहको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (सई) को कमान्डमा ११ जना प्रहरी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था हुँदाहुँदै पनि बालबिज्याइँकर्ताका आफन्तले सुरक्षाकर्मीको निगरानी छल्दै मोबाइल फोन भित्र पुर्‍याएको हुन सक्ने अनुमान गरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka