Premier Cables
Premier Steel

खेलकुद

रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगर २ रनले विजयी

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १७, २०८३  | साँझ ४:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा दोस्रो सफलता हात पारेको छ । विराटनगरले जनकपुर बोल्ट्सलाई अन्तिम बलसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा २ रनले पराजित गरेको हो ।

विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनमा सीमित भयो । अन्तिम बलसम्म जितको सम्भावना कायम राखेको जनकपुरलाई रोक्न आन्द्रे रसेल निर्णायक बने ।

विज्ञापन

विराटनगरको जितमा रसेलले ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरे । उनले ब्याटिङमा अर्धशतक प्रहार गर्नुका साथै बलिङमा चार विकेट लिए । खेलको अन्तिम बलमा समेत विकेट लिँदै उनले विराटनगरको जित सुनिश्चित गरे ।

जनकपुरका लागि सैफ हसनले सर्वाधिक ७१ रन बनाए । त्यस्तै विशाल सस्लिङले ४३ र जिमी निशमले २७ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

बलिङतर्फ विराटनगरका रसेलले चार विकेट लिए भने एन्जेलो म्याथ्युजले दुई तथा रुपेश सिंहले एक विकेट हात पारे ।

रसेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनसँगै विराटनगरले रोमाञ्चक दुई रनको जित दर्ता गर्दै एनपीएलमा आफ्नो दोस्रो जित सुनिश्चित गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka