Premier Cables
Premier Steel

राजनीति

माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १७, २०८३  | अपराह्न १:४१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गरी अनियमितता गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

विज्ञापन

अख्तियारले प्रतिवादीहरूबाट करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ ।

मुद्दा दायर गरिएकाहरूको सूचीमा पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेसमेत छन् ।

त्यस्तै, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी तथा तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । आरोपपत्रमा शाखा अधिकृत बलराम निरौलाको नामसमेत समावेश छ ।

यसैगरी भूमि व्यवस्था विभागका महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka