Premier Cables
Premier Steel

विराटनगर

मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रालाई विराटनगरमा भव्य स्वागत

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १७, २०८३  | बिहान ११:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मुस्ताङस्थित पवित्र मुक्तिनाथ धामबाट शुभारम्भ भएको मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रा महोत्सवलाई विराटनगरमा भव्य स्वागत गरिएको छ।

विश्वभरिका वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मुक्तिनाथ धाम तथा कालीगण्डकी तटीय क्षेत्रका पवित्र तीर्थस्थलहरूको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको हो ।

विज्ञापन

विराटनगरमा लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत स्वामी प्रमुख आयाेजक रहेको र काेशी प्रदेशसभा सदस्य तथा कांग्रेस नेता भीम पराजुलीकाे संयाेजकत्वमा बनेको समितिले विराटनगरमा कार्यक्रम तय गरेको थियोे ।

रथ यात्राको स्वागत कार्यक्रममा माेरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल,धार्मिक अभियन्ता तथा समितिकी उपाध्यक्ष पुष्पलता काेइराला,सचिव कैलाश भट्टराई ,सदस्यहरू भीखमचन्द सरल,बेनीगाेपाल मुन्दडा,जुगलकिशाेर राठी,विभिन्न सुरक्षा अंगका प्रमुख ,धार्मिक तथा सामाजिक अभियन्ताहरूकाे सहभागीता रहेको थियोे । साेमबार विराटनगर आइपुगेको रथले मंगलबार

विराटनगर स्थित भेडियारिमा रहेको ऐतिहासिक विराट राजाको दरवारकाे संरक्षित भग्नावशेष परिक्रमा गरि ,हाइवे धरान राेड हुदै सुनसरीतर्फ लागेकाे छ । कार्यक्रममा बाेल्दै संयाेजक पराजुलीले शक्तिका साधकहरूका लागि महत्त्वपूर्ण मानिएको रथ विराटनगरमा आइपुग्नु साैभाग्यकाे विषय भएको बताए ।

मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यका उत्तराधिकारी करपात्री स्वामीजीले रथयात्रा सम्पन्न भएलगत्तै नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्र नारायण दिव्यधाममा भगवान् श्री गजेन्द्रमोक्ष नारायणको दिव्य विराट महायज्ञ आयोजना गरिने जानकारी दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka