Premier Cables
Premier Steel

कोशी प्रदेश

थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री कार्की

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १७, २०८३  | अपराह्न ३:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थारु समुदायको भाषा, लिपि र संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

नेपाल लोकतान्त्रिक थारु सङ्घ सुनसरीले आज झुम्कामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले थारु भाषा, संस्कृति, उत्थान र प्रगतिका लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले कोशी प्रदेशमा सरकारी कामकाजको भाषामा थारु भाषालाई समेत समावेश गरेर सरकारले ऐतिहासिक काम गरेको उल्लेख गर्नुभयो।

विज्ञापन

मुख्यमन्त्री कार्कीले विभिन्न जातजाति, धर्म, संस्कृति, खानपान र देवालयहरूको संरक्षण गर्ने उद्देश्यले प्रदेश सरकारले कानुन ल्याउन लागेको जानकारी दिनुभयो। बहुभाषिक र बहुजातीय पहिचान बोकेको कोशी प्रदेशका सबै समुदायको पहिचान संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

नेपालको भाषा, संस्कृति, परम्परा र सभ्यता राष्ट्रिय सम्पत्तिका रूपमा रहेको उल्लेख गर्दै उहाँले नेपालीहरूको विविधताभित्रको एकता नै समृद्धिको मूल आधार भएको बताउनुभयो।

यसैबीच, मुख्यमन्त्री कार्कीले सुनसरीको मधेलीमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्नुभयो। करिब दुई बिघा क्षेत्रफलमा फैलिएको उक्त भवनमा दुई हजार पाँच सय भक्तजन अटाउन सक्ने क्षमताको सभाहलसमेत निर्माण गरिएको छ। प्रदेश सरकार, विभिन्न सङ्घसंस्था तथा दाताहरूबाट प्राप्त सहयोग र चन्दाबाट भवन निर्माण गरिएको हो।

भवन उद्घाटन तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले समाजमा मानवता, करुणा र असल संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka