Premier Cables
Premier Steel

समाचार

शरीरका गोप्य अंगमा लुकाएर ल्याएको ब्राउन सुगरसहित दुई जना पक्राउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १७, २०८३  | बिहान ११:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । भारतबाट नेपालतर्फ आउँदै गरेका एक युवक र एक युवतीलाई शरीरका गोप्य अंगमा लुकाएर ल्याएको ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार कार्यालय अगाडिबाट उनीहरूलाई ११ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय लौकही र कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट कुकुरसहित खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

खानतलासीका क्रममा पाँचथरको याङवरक गाउँपालिका–१ की २१ वर्षीया निस्मा राईले गोप्य अंगमा लुकाएर ल्याएको ११ ग्राम १३० मिलिग्राम र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का ३१ वर्षीय बद्री स्याङ्वो तामाङले मलद्वारमा लुकाएको ६६० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka