Premier Cables
Premier Steel

शेयर बजार

५.४५ अंकले घट्यो नेप्से

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १३, २०८३  | अपराह्न ३:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४८ कम्पनीको २ करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज ५ समूहमा हरियाली छाएका छ भने बाँकी सबै समूह राताम्य भएका छन् । विकास बैंक समूह १.६१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२६ प्रतिशत, निर्जीवन बीमा समूह ०.३० प्रतिशत, व्यापार समूह ०.२५ प्रतिशत र अन्य समूह ०.१५ प्रतिशतले बढेको छ ।

विज्ञापन

सर्वाधिक घट्ने समूह भने हाइड्रो समूह रहेको छ । यो समूह ०.५७ प्रतिशत घटेर ३६९६ विन्दुमा कायम भएको छ ।

त्यस्तै, बैंकिङ समूह ०.४४ प्रतिशत, फाइनान्स समूह ०.४७ प्रतिशत, होटल तथा पर्यटन समूह ०.२३ प्रतिशत, लगानी समूह ०.२२ प्रतिशत, जीवन बीमा समूह ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.३८ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.१२ प्रतिशतले घटेको छ ।

आजको बजारबारे सेयर विश्लेषक सुरज खड्काले अस्वाभाविक घटाई नभई स्वस्थ करेक्सन भएको बताए ।

पछिल्ला तीन दिन बजार निरन्तर बढेपछि आज सामान्य करेक्सन मात्रै देखिएको र यो स्वाभाविक प्रक्रिया नै भएको उनको भनाइ छ ।

उनका अनुसार पछिल्लो समय नीतिगत व्यवस्था र नियमहरू बजारमैत्री नहुँदा सेयर बजार दबाबमा परेको थियो । तर, पछिल्ला दिनमा बजारमा सुधार देखिएसँगै लगानीकर्ताको मनोबल बढेको र कारोबारमा समेत सकारात्मक गति देखिएको उनले बताए ।

‘आजको करेक्सनमा लगानीकर्ताले दुईतिन दिन लगातार बढेको बजारबाट नाफा सुरक्षित गर्नु पनि हो’ उनले भने, ‘बजार बढेपछि लगानीकर्ताले सेयर बिक्री गरेर नाफा बुक गर्दा अल्पकालीन रूपमा बजारमा दबाब सिर्जना हुन सक्ने पनि देखिन्छ ।’

आजको गिरावटलाई मात्रै बजार कमजोर भएको संकेतका रूपमा लिनुभन्दा पनि पछिल्लो वृद्धिपछिको सामान्य करेक्सनका रूपमा बुझ्नुपर्ने उनको धारणा छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka