Premier Cables

अर्थ कोशी प्रदेश

विदेशीसामु मुख्यमन्त्री भने- ‘हाम्रो पहाडमा धेरै तुलफूल फल्छ’

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ३०, २०८२  | बिहान ११:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको नेपाल तथा भुटान हेडलाइन्सका प्रतिनिधि केन सिमिजुबीच भेटघाट भएको छ । सोमबार यो खबर उनको निजी सचिवालयले संचार माध्यमहरुलाई पठाएर जानकारी गराएको हो ।

त्यस अवसरमा प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका परियोजनाहरू निकै सफल भएको उनले दाबी गरे । यसको संचालनमा योगदान पुर्‍याउनेलाई धन्यवाद दिए । मध्यपहाडी जिल्लाहरूमा वातावरणीय असर गर्ने बिरुवा लगाउन सके उच्च मूल्यका फलहरूको उत्पादन गर्न सकिने उनले बताए । यसलाई बजारमा लगेर बिक्री गर्ने कामको व्यवस्थापनमा थप सहयोग गर्न आग्रह गरे ।

विज्ञापन

मुख्यमन्त्री कार्कीले कृषि, जलवायु र विपदका क्षेत्रहरूमा सहकार्य गर्न सके ठूलो सफलता मिल्ने बताए । भने,‘‘हामीले जलवायु परिवर्तन र यसका असरहरूलाई ध्यानमा राख्दै कृषि उत्पादन र वातावरण संरक्षणमा कदम चाल्न आवश्यक छ ।’’ यो प्रदेशका हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएको बताए । जैविक विविधता र प्राकृतिक पहिचानलाई ध्यानमा राख्नु पर्नेमा जोड दिए ।

यसबारे गम्भीर छलफल गर्नु पर्ने भन्दै सबै सरोकारवालासँग सहकार्य गर्न चाहेको सुनाए । आगामी वर्षको विश्व रामसार दिवसको अवसरमा जलवायु परिवर्तनका असरका बारेमा सम्मेलन आयोजना गर्ने पनि जनाए ।
‘‘हामीले जे काम गरिरहेका छौं, यसमा सहकार्य र समन्वयले ठूलो योगदान पुर्याउनेछ,’’ उनले भने ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधि केन सिमिजुले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। एउटा सम्पर्क कार्यालय खोल्ने योजना रहेको उनले सुनाए । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले कोसी प्रदेशमा जैविक विविधता, माटो संरक्षण, चुरे क्षेत्रमा वातावरणीय असर घटाउने महत्त्वपूर्ण परियोजनाहरूमा काम गरिरहेको बताइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka