Premier Cables

अर्थ कोशी प्रदेश

विदेशीसामु मुख्यमन्त्री भने- ‘हाम्रो पहाडमा धेरै तुलफूल फल्छ’

Calendar सोमबार, असार ३०, २०८२  | बिहान ११:२८ बजे

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको नेपाल तथा भुटान हेडलाइन्सका प्रतिनिधि केन सिमिजुबीच भेटघाट भएको छ । सोमबार यो खबर उनको निजी सचिवालयले संचार माध्यमहरुलाई पठाएर जानकारी गराएको हो ।

त्यस अवसरमा प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका परियोजनाहरू निकै सफल भएको उनले दाबी गरे । यसको संचालनमा योगदान पुर्‍याउनेलाई धन्यवाद दिए । मध्यपहाडी जिल्लाहरूमा वातावरणीय असर गर्ने बिरुवा लगाउन सके उच्च मूल्यका फलहरूको उत्पादन गर्न सकिने उनले बताए । यसलाई बजारमा लगेर बिक्री गर्ने कामको व्यवस्थापनमा थप सहयोग गर्न आग्रह गरे ।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले कृषि, जलवायु र विपदका क्षेत्रहरूमा सहकार्य गर्न सके ठूलो सफलता मिल्ने बताए । भने,‘‘हामीले जलवायु परिवर्तन र यसका असरहरूलाई ध्यानमा राख्दै कृषि उत्पादन र वातावरण संरक्षणमा कदम चाल्न आवश्यक छ ।’’ यो प्रदेशका हिमाल, पहाड र तराईको भौगोलिक विविधता युक्त भएको बताए । जैविक विविधता र प्राकृतिक पहिचानलाई ध्यानमा राख्नु पर्नेमा जोड दिए ।

यसबारे गम्भीर छलफल गर्नु पर्ने भन्दै सबै सरोकारवालासँग सहकार्य गर्न चाहेको सुनाए । आगामी वर्षको विश्व रामसार दिवसको अवसरमा जलवायु परिवर्तनका असरका बारेमा सम्मेलन आयोजना गर्ने पनि जनाए ।
‘‘हामीले जे काम गरिरहेका छौं, यसमा सहकार्य र समन्वयले ठूलो योगदान पुर्याउनेछ,’’ उनले भने ।

संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधि केन सिमिजुले प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताए। एउटा सम्पर्क कार्यालय खोल्ने योजना रहेको उनले सुनाए । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले कोसी प्रदेशमा जैविक विविधता, माटो संरक्षण, चुरे क्षेत्रमा वातावरणीय असर घटाउने महत्त्वपूर्ण परियोजनाहरूमा काम गरिरहेको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027