Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

गृहक्षेत्रमा २० थान साइकल बाँड्न मुख्यमन्त्रीको दाैडादाैड !

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २०, २०८२  | राती ८:५५ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मंगलबार झापा पुगे। गन्तव्य थियो, गृहजिल्ला झापाको गौरीगञ्ज। उद्देश्य — २० थान साइकल वितरण। कार्यक्रम सामान्य थियो, तर उपस्थित भने असाधारण। मुख्यमन्त्री आफैं पुगेर वितरण गरेपछि चासोको विषय बन्यो – के यो सेवा थियो, वा प्रचार?

गौरीगञ्ज क्याम्पससहित चार विद्यालयका २० जना जेहेन्दार र विपन्न विद्यार्थीलाई साइकल प्रदान गरिएको हो। सामाजिक संस्था ‘आलरेस’ फेमिली ग्रुपको दोस्रो वार्षिकोत्सवको अवसरमा कार्यक्रम गरिएको हो। यसै क्रममा मोरङको सुनबर्सी–६ स्थित गजादर माविका १० विद्यार्थीलाई पनि साइकल वितरण गरिएको थियो।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले कार्यक्रममा बोल्दै भने, “प्रदेश सरकार स्रोत र साधनले भ्याएसम्म शिक्षा क्षेत्रमा काम गरिरहेको छ।” उनले गरिब तथा विपन्न वर्गका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सरकार गम्भीर रहेको दाबी गरे।

तर आलोचकहरूको प्रश्न छ – गम्भीर सुधार र पूर्वाधारको खाँचो भएको शिक्षा क्षेत्रमा ३० वटा साइकल वितरण गर्न मुख्यमन्त्री आफैं दौडिनु आवश्यक थियो?

कतिपयले यसलाई जनतासँगको प्रत्यक्ष संवादको अवसर मानेका छन् भने केहीले यसलाई प्रचारमुखी गतिविधिका रूपमा हेरेका छन्।

यता मुख्यमन्त्रीले हालै कक्षा १२ को परीक्षाफलपछि आफ्नो फेसबुकमार्फत शिक्षा क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको धारणा सार्वजनिक गरेका छन्। उनले शिक्षक सेवा र शैक्षिक संरचनालाई फरक कानुनी आधारमा व्यवस्थापन गर्नुपर्नेमा समेत जोड दिएका छन्।

यो कार्यक्रमले शिक्षा क्षेत्रमा देखिएको राज्यको उपस्थिति त संकेत गर्छ, तर दिगो, गहिरो र नीतिगत पहलको लागि प्रदेश सरकारले के गर्दै छ भन्ने प्रश्न पनि तेर्सिएकाे छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka