Premier Cables
Premier Steel

अपराध

विराटनगरमा कारमा‌ भेटियो १५ बोरा गाँजा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०३, २०८२  | अपराह्न २:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर ।जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८ स्थित क्षेत्रबाट ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार असोज २ गते राति प्रदेश १-०२-००१ च १६६६ नम्बरको कार शंकास्पद अवस्थामा रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले कार जाँच गर्दा १५ बोरा गाँजा फेला परेको हो।

बिज्ञापन

जफत गरिएको गाँजाको तौल करिब ५३८ किलोग्राम रहेको छ। हाल घटनासँग सम्बन्धित सवारी चालक र अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka