नोट: यो समाचार १ महिना अघिको हो
फायल फोटो
विराटनगर । भदौ २३ र २४ गते मोरङ जिल्लामा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका विभिन्न अप्रिय घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालका लिङ्कहरू भएमा प्रहरीलाई उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारणमा अनुरोध गरेको छ।
उक्त दिनहरूमा आगजनी, लुटपाट, जनमानसमा त्रास सिर्जना गर्ने खालका गतिविधि लगायतका घटनाहरू घटेका थिए। ती घटनाको अनुसन्धान तथा सत्यतथ्य पत्ता लगाउन आम नागरिकबाट सहयोग अपेक्षा गरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनासँग सम्बन्धित कुनै पनि दृश्य सामाग्री (फोटो, भिडियो, लिङ्क) उपलब्ध गराउन चाहने व्यक्तिहरूले वाट्सएप नम्बर ९८५२०३७९०२ वा ९७४६८९९३८९ मा पठाउन सक्ने जनाएको छ।
साथै, प्रहरी कार्यालयले पठाउने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने स्पष्ट पारेको छ।
