Premier Cables
Premier Steel

विराटनगर

विरोध प्रदर्शनका भिडियो प्रमाण पठाउन मोरङ प्रहरीको अनुरोध

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र २८, २०८२  | राती ८:१७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । भदौ २३ र २४ गते मोरङ जिल्लामा भएका विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा भएका विभिन्न अप्रिय घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालका लिङ्कहरू भएमा प्रहरीलाई उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारणमा अनुरोध गरेको छ।

उक्त दिनहरूमा आगजनी, लुटपाट, जनमानसमा त्रास सिर्जना गर्ने खालका गतिविधि लगायतका घटनाहरू घटेका थिए। ती घटनाको अनुसन्धान तथा सत्यतथ्य पत्ता लगाउन आम नागरिकबाट सहयोग अपेक्षा गरिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनासँग सम्बन्धित कुनै पनि दृश्य सामाग्री (फोटो, भिडियो, लिङ्क) उपलब्ध गराउन चाहने व्यक्तिहरूले वाट्सएप नम्बर ९८५२०३७९०२ वा ९७४६८९९३८९ मा पठाउन सक्ने जनाएको छ।

साथै, प्रहरी कार्यालयले पठाउने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित रहने स्पष्ट पारेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka