Premier Steel

मनोरञ्जन समाचार साहित्य

उर्लाबारीमा सन्थाल समुदायको मौलिक दासाई नृत्यले थप्यो दसैं मेलाको रौनक

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक ०६, २०८३  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको उर्लाबारी–९ मा बुधबार आयोजित दसैं मेलामा सन्थाल समुदायको मौलिक दासाई नृत्य प्रस्तुत गरिएको छ।
परम्परागत भेषभूषामा सजिएका सन्थाल समुदायका युवाहरूले ढोल तथा अन्य परम्परागत बाजागाजाको तालमा सामूहिक नृत्य प्रस्तुत गर्दा मेला हेर्न आएका दर्शकको भीड लागेको थियो।
सन्थाल समुदायमा पुस्तौँदेखि दसैं तथा तिहारको अवसरमा प्रस्तुत हुँदै आएको दासाई नृत्य उनीहरूको मौलिक सांस्कृतिक पहिचानका रूपमा रहेको छ। मोरङ र झापाका विभिन्न क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायले दसैंका बेला लाग्ने मेलामा यो नृत्य प्रस्तुत गर्ने गरेका छन्।
नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष लुखीराम हस्दाका अनुसार दासाई नृत्य सन्थाल समुदायको इतिहास, आस्था र परम्परासँग जोडिएको छ। तर, संरक्षण र प्रवर्द्धनमा पर्याप्त ध्यान नदिँदा मौलिक संस्कृति संकटमा पर्दै गएको समुदायका अगुवाहरू बताउँछन्।
कार्यक्रमका संयोजक सन्तोष तामाङ विक्रमले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
कार्यक्रममा उर्लाबारी–९ का वडाध्यक्ष नरबहादुर मोक्तान र उर्लाबारी–८ का वडाध्यक्ष कुलबहादुर कार्कीलगायतको उपस्थिति थियो। मेलामा प्रस्तुत दासाई नृत्यले स्थानीयको ध्यान तान्नुका साथै दसैंको रौनक थपेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka