Premier Cables
Premier Steel

कोशी प्रदेश

कोशी प्रदेशभरका भाटभटेनीमा पाँच जना जलेर मरे, कसैको पहिचान खुल्न सकेन

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, भाद्र ३१, २०८२  | अपराह्न ३:३८ बजे

विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका विभिन्न भाटभटेनी स्टोरहरुमा जलेर मर्नेको संख्या पाँच पुगेको छ ।

भदौ २३ र २४ गतेको भएको जेनजी आन्दोलनका क्रममा लुटपाट गर्न भाटभटेनी पसेकाहरु पछि आगो लाग्न थालेपछि निस्कन नसक्दा निस्सासिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ । तर, उनीहरुको पहिचान भने खुल्न सकेको छैन । आन्दोलन साम्य भएपछि सरसफाइ शुरु गर्ने क्रममा धरानस्थित भाटभटेनी स्टोरमा चार जनाको कंकाल फेला परेको थियो ।

बिज्ञापन

विराटनगरस्थित स्टोरमा हिजो सोमबार एक जनाको कंकाल फेला परेको थियो । आन्दोलनसमेतमा परेर कोसी प्रदेशभर १० जनाको मृत्यु भएको थियो । तीमध्ये पाँच जनाको मात्र पहिचान खुल्न सकेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको भने पहिचान खुलेको छ ।

झापाको बिर्तामोडमा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथरको हिलिहाङका ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको थियो ।

सुनसरीको इटहरीमा गोली लागेर इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का चंखे भनिने मोहन सरदार रहेको प्रहरीले जनाएको छ ।

झडपका क्रममा प्रदेशभर १ सय १४ जना प्रहरी घाइते भएका थिए । आन्दोलनकारीतर्फ ४६ जना घाइते भएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka