Premier Cables
Premier Steel

समाचार

धरान भाटभटेनी लुट्न गएका चारजना जलेर मरे

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | साँझ ५:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

सुनसरी । धरानस्थित भाटभटेनी सुपर मार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चार जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार उनीहरू आगजनी र चोरीका लागि भित्र पसेका थिए।

बिज्ञापन

प्रहरीका अनुसार मृतकहरूको शव खरानीजस्तै अवस्थामा फेला परेको छ र शरीरका केही अङ्ग मात्र उद्धार गर्न सकिएको छ। आन्दोलनका क्रममा केही व्यक्तिहरूले बन्द रहेको भाटभटेनीको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए। आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेका थिए।

वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खड्काले दिएको जानकारीअनुसार तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको हो।

यसअघि शुक्रबार बिहान दोस्रो तलामा एक जनाको जलेको शव भेटिएको थियो भने दिउँसो चौथो तलामा थप तीन जनाको शव फेला परेको हो। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। आगजनीका कारण करोडौँ मूल्य बराबरको सामान जलेर नष्ट भएको र लाखौँ बराबरको चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka