Premier Cables
Premier Steel

समाचार

विराटनगर भाटभटेनीमा मानव कंकाल फेला, देशभरका स्टोरमा ११ जना जलेर मरे

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र ३०, २०८२  | साँझ ५:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा एक शव फेला परेको छ। मोरङ प्रहरीले दिएको जानकारी अनुसार, आज दिउँसो सुपरमार्केटको दोस्रो तल्लामा पूर्णरूपमा जलेको अवस्थामा शव भेटिएको हो।
मोरङका एसपी नारायण प्रसाद चिमोरियाले कसको कंकाल हो भन्ने खुल्न नसकेको बताए ।

हालै देशव्यापी रुपमा फैलिएको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले विराटनगरको भाटभटेनीमा आगजनी गरेका थिए। प्रहरीको प्रारम्भिक अनुमान अनुसार, सोही आगलागीको बीचमा लुटपाटका लागि भित्र पसेका एक व्यक्तिको जलेर मृत्यु भएको हुन सक्छ।

बिज्ञापन

“शव पूर्ण रुपमा जलेको अवस्थामा भेटिएकोले पहिचान गर्न कठिन भइरहेको छ,” चिमोरियाले भने, “हामी घटनाको थप अनुसन्धान गर्दैछौं।”

सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु भएको जेनजी आन्दोलन पछिल्ला दिनहरुमा हिंसात्मक बन्दै गएको छ। त्यसै क्रममा विराटनगरसहित कोशी प्रदेशका विभिन्न स्थानमा रहेका भाटभटेनीका शाखाहरूमा तोडफोड र आगजनीका घटना भएका थिए।

विराटनगरको भाटभटेनीमा प्रदर्शनकारीहरूको एउटा समूहले एटीएम मेसिन तोडफोड गर्ने प्रयास असफल भएपछि आगजनी गरेको बताइएको छ, जसका कारण सुपरमार्केट पूर्णरूपमा नष्ट भएको थियो। घटनाको दौरान अन्य व्यक्तिहरु पनि हराइरहेको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ।

यसअघि काठमाडौको स्टोरमा ६ र धरानमा ४ जनाको कंकाल फेला परेको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka