Premier Cables
Premier Steel

अर्थ

भाटभटेनीका स्टोरहरु जलाइएपछि ५ हजार जनाको रोजगारी खोसियो !

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र २६, २०८२  | साँझ ५:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । देशव्यापी ‘जेनजी आन्दोलन’का क्रममा भाटभटेनी सुपरमार्केटका अधिकांश स्टोरमा ठूलो क्षति पुगेको छ।

कम्पनीका अनुसार, २८ स्टोरमध्ये २१ वटामा क्षति पुगेको छ भने १२ वटा स्टोर पूर्णरूपमा जलेर नष्ट भएका छन्।

बिज्ञापन

कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङका अनुसार, जलेका स्टोरमा कार्यरत झन्डै पाँच हजार कर्मचारीको व्यवस्थापन अहिलेको मुख्य चुनौती बनेको छ।

पूर्णरूपमा नष्ट भएका स्टोर
नक्साल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटारस्थित वेयरहाउस, पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका स्टोर रहेका छन्। यी स्थानहरूमा आगजनी र लुटपाटका कारण स्टोर सञ्चालनमा आउन नसक्ने अवस्थामा पुगेका छन्।

आंशिक तोडफोड र लुटपाट
कलंकी, थिमी, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवा रहेका छन्।

क्षतिबाट जोगिएका स्टोरहरू भने टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन र नेपालगन्ज रहेका छन्।

कम्पनीका सीओओ पानु पौडेलका अनुसार, क्षतिको विस्तृत विवरण आउन कम्तीमा दुईदेखि तीन साता लाग्ने अनुमान गरिएको छ।

भाटभटेनीले हजारौं युवालाई आंशिक र पूर्णकालीन रोजगारी दिँदै आएको छ। यो घटनाले त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राही दुबैलाई गम्भीर असर पुर्‍याएको कम्पनीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka