Premier Cables
Premier Steel

समाचार

भाटभटेनी धरानमा जलेको शव फेला

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, भाद्र २७, २०८२  | अपराह्न १२:२८ बजे

काठमाण्डौ । कोशी प्रदेशस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकास्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक शव भेटिएको छ।

शुक्रबार भाटभटेनीको आगो निभाई सरसफाई गर्ने क्रममा स्थानीय र सुरक्षाकर्मीको टोलीले पूर्ण रुपमा जलेको अवस्थामा शव फेला पारेका हुन् ।

बिज्ञापन

स्थानीय प्रहरीकाअनुसार शवको सनाखत गर्ने प्रयास भइरहेको छ ।

जेनजी आन्दोलनका क्रममा देशका अन्य क्षेत्रमा जस्तै धरानको भाटभटेनी सुपरमार्केटको स्टोरमा समेत आन्दोलनकारीहरुले आगो लगाएका थिए । स्टोरमा आगो लाग्दा धेरै कर्मचारीहरु भित्रै काम गरिरहेका थिए । भेटिएको शव कुनै कर्मचारीकै हुनसक्ने अनुमान गरिएको छ ।

सो स्टोरमा कार्यरत तीन कर्मचारीहरु हराइरहेका बताइएको छ । भेटिएको शव ती तीनजनामध्येकै हुनसक्ने विषयमा प्रहरीले आफ्नो अनुसन्धान केन्द्रीत गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka