Premier Cables
Premier Steel

मौसम

मध्यमदेखि भारी वर्षाको सम्भावना, कोशी प्रदेशमा सतर्कता अपनाउन आग्रह

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २२, २०८२  | बिहान ८:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। आज देशका विभिन्न भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विशेषगरी कोसी र कर्णाली प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।

बिज्ञापन

दिउँसोको मौसम स्थिति अनुसार, देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदली देखिनेछ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

रातिको समयसम्म पनि कोसी र मधेस प्रदेशसँगै देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ। तर, कोसी प्रदेशको तराई क्षेत्रमा समेत एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ।

मनसुनको अवस्था
हाल मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालमा सामान्य स्थानमा रहँदा पश्चिमतर्फ सामान्यभन्दा दक्षिणतिर सरेको छ।

साथै, सिक्किम आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालको पूर्वी भूभागमा वर्षाको प्रभाव बढी पर्ने अनुमान गरिएको छ।

विभागले संभावित भारी वर्षाका कारण पहिरो, बाढी र डुबानजस्ता प्राकृतिक जोखिमप्रति सतर्कता अपनाउन आग्रह गरेको छ।

विशेषगरी कोसी र कर्णाली प्रदेशका पहाडी तथा तराई क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

बाढी–पहिरो प्रभावितका लागि ३६ घण्टामै १ अर्ब ९१ करोडभन्दा बढी सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

बाढी–पहिरो प्रभावितका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड सहयोग

Clock Iconशुक्रबार, भाद्र १२, २०८३

रसुवा बाढीपीडितका लागि शारदा र जाजु ग्रुपले ६० लाख बराबरको राहत

Clock Iconबिहिबार, भाद्र ११, २०८३

लेन्दे खोलाको बाढीले रसुवा नाकामा ठूलो क्षति, दुईवटा बजार तहसनहस

Clock Iconबुधबार, भाद्र १०, २०८३

भारतीय क्लेयरिङ एजेन्टको आन्दोलन फिर्ता: ५०० भन्दा बढी मालवाहक लरी नेपाल भित्रिने

Clock Iconमंगलबार, भाद्र ०९, २०८३

पांच सयभन्दा बढी मालबाहक ट्रक र कन्टेनर सीमापारिमै रोकिए, भन्सार जाँचपास पूर्ण अवरुद्ध

Clock Iconमंगलबार, भाद्र ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka