Premier Cables
Premier Steel

समाचार

पानी पर्ने प्रणाली पूर्वतिर सर्दै

Hamro Biratnagar News Channel Calendar शनिबार, बैशाख १२, २०८३  | राती ८:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । शनिबार साँझ करिब ५:५५ बजेदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। राजधानी काठमाडौंमा पनि पानी लगातार परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा वाग्मती प्रदेशका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जनाएको छ।

बिज्ञापन

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने तल्लो वायुमण्डलमा पूर्वी वायुको पनि असर देखिएको मौसमविद् डेभिड ढकालले बताएका छन्।

यो प्रणाली पूर्वतर्फ सर्दै गएकोले आसपासका क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको छ। त्यसैले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka