Premier Cables
Premier Steel

मौसम

आजको मौसम: कोशीका धेरै भागमा वर्षाको सम्भावना

Calendar शुक्रबार, आश्विन ०३, २०८२  | बिहान ६:४८ बजे

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चारवटा प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।

बिज्ञापन

विभागले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको बताएको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka