Premier Cables
Premier Steel

राष्ट्रिय

सूचीकरणमा नआउने सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र १९, २०८२  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ।

आज बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले निर्धारित समयभित्र सूचीकरण प्रक्रिया पूरा नगर्ने सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

बिज्ञापन

यसअघि सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि सात दिनको अन्तिम म्याद दिएको थियो, जुन बुधबार राति १२ बजे सकिएको छ। मन्त्रिपरिषदको भदौ ९ गतेको बैठकले उक्त म्याद दिएको थियो भने, मन्त्रालयले भदौ १२ गते सूचना प्रकाशित गरेर सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि आग्रह गरेको थियो।

हालसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्र मन्त्रालयमा सूचीकृत भएका छन्।

यसअघि सर्वोच्च अदालतले पनि सूचीकरण नभएका सामाजिक सञ्जाल, ओटीटी एप्स तथा इन्टरनेट ब्राउजरमार्फत विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन तथा यस्ता माध्यमहरूलाई नियमन गर्न आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरिसकेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa