Premier Cables
Premier Steel

राष्ट्रिय

‘एक्स’ (पहिलेको ट्विटर) ले सरकारलाई इमेल पठायाे

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २०, २०८२  | अपराह्न २:३८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपालमा प्रतिबन्धको सामना गरेपछि सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर)ले सूचीकरण प्रक्रियाप्रति चासो देखाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार एक्सको सिंगापुर कार्यालयबाट आएका कर्मचारीले सूचीकरणका लागि आवश्यक प्रक्रिया बुझ्न औपचारिक इमेल पठाएका छन्। उनले भने, “एक्सका कर्मचारीले कार्यालयमा इमेल गरेका छन्, मैले त्यसको प्रतिक्रिया पनि दिइसकेको छु।”

यसअघि मेटाले पनि सूचीकरणबारे बुझ्ने प्रयास गरेको चर्चा भए पनि औपचारिक पत्राचार भएको पुष्टि भइसकेको छैन।

प्रवक्ता ठाकुरले एक्सको तर्फबाट मार्क नामका व्यक्तिले इमेल पठाएको जानकारी दिँदै भने, “मार्क भनेर आएको छ, तर इमेलमा विस्तृत विवरण भने छैन।”

नेपाल सरकारले पछिल्ला दुई वर्षदेखि सामाजिक सञ्जाललाई प्राधिकरणमा सूचीकरण गर्न सूचना जारी गर्दै आएको छ। तर, अझसम्म कुनै कम्पनीलाई प्रत्यक्ष पत्र पठाइएको छैन। हालै सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयसमेत गरेको छ।

ठाकुरका अनुसार, “यदि कम्पनीहरूले इमेलमार्फत आधिकारिक कागजात पठाए सूचीकरण प्रक्रिया सुरु हुन्छ। तर, हालका लागि दर्ताका लागि छुट्टै अनलाइन प्रणाली भने छैन।”

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka