Premier Cables
Premier Steel

समाचार

मोरङको बुढीगंगाबाट दुर्लभ ‘मोनोकल्ड कोब्रा’ सुरक्षित उद्धार

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १८, २०८२  | साँझ ६:३७ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–१ स्थित उज्यालो टोलमा अति विषालु ‘मोनोकल्ड कोब्रा’ प्रजातिको सर्प फेला परेको छ।

स्थानवासी दुर्गा प्रसाद भट्टराईको घरको सिँढीमुनी भेटिएको उक्त सर्पलाई विराटनगर महानगरपालिकाका अनुभवी सर्प उद्धारक शम्भु घिमिरेले सुरक्षित रूपमा उद्धार गरेका छन् । उद्धारपछि सर्पलाई डिभिजन वन कार्यालय मोरङमा लगेर पिँजडामा राखी निगरानीमा राखिएको छ।

बिज्ञापन

सर्प उद्धारको क्रममा झोलामा हाल्दा उक्त कोब्राले अत्यधिक मात्रामा विष फालेको घिमिरेले जानकारी दिए।

यसअघि जेठ महिनामा विराटनगरका दुई स्थानबाट समेत यही प्रजातिका कोब्रा सर्प उद्धार गरिएको थियो। जेठ १० गते नोबेल अस्पताल परिसर र जेठ १५ गते आयल निगम नजिक धर्मदेव यादवको करेसाबारीबाट उद्धार गरिएको थियो। पहिलो घटनामा उद्धारकर्तामाथि विष प्रहार हुँदा घिमिरे स्वयं घाइते भएका थिए ।

सर्प विशेषज्ञहरूका अनुसार मोनोकल्ड कोब्रा सामान्यतया विष नफाल्ने भए पनि केही अवस्थामा, विशेषतः तनाव वा उत्तेजनाको अवस्थामा, स्पिटिङ कोब्राजस्तै विष फाल्न सक्छ। यसको विष न्युरोटक्सिक प्रकारको हुने भएकाले मानवीय जीवनका लागि अत्यन्त खतरनाक मानिन्छ।

नेपालसहित भारत, बङ्गलादेश, भूटान, म्यान्मार, थाइल्याण्ड, चीन, क्याम्बोडिया र मलेशियामा यो सर्पको पाइने तथ्य अनुसन्धानले देखाएको छ।

Oplus_16908288

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka