






विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ मा परैबाट विष फाल्ने स्पिटिङ कोब्रा फेला परेको छ ।
नोबेल अस्पताल पछाडि रहेको डा. सुनिल शर्माको निवासमा यो प्रजातिको सर्प फेला परेको हो । यो प्रजातिको सर्पलाइ सङ्कटापन्न मानिएकाे छ । यसलाई नियन्त्रणमा लिई उद्धार गरिएको छ । जिल्ला वन कार्यालय ल्याएर राख्ने क्रममा यो सर्पले परैबाट विष फालेको उद्धारकर्ता शम्भु घिमिरेले बताएका छन् ।
यसको विष अनुहार तथा आँखामा परे गम्भीर असर गर्न सक्ने बताइएको छ । उद्धारकर्ताको शरीरमा विषका छिटा परेकोले उनी कोसी अस्पतालको इमर्जेन्सी वार्डमा स्वास्थ्य निगरानीमा बसेका छन् । विराटनगरका अन्य स्थानमा पनि यस प्रजातिको सर्प फेला परे खबर गर्न आग्रह गरिएको छ ।
सर्प रेस्क्यु गरेर डिभिजन वन कार्यालयमा बुझाउने क्रममा उक्त सर्पले बिष फाल्दा उद्धारकर्ताको शरीमा परेको थियो । गर्मी मौसममा सर्पको खतरा बढ्ने भएकोले सतर्क रहन महानगरपालिकाले समेत आह्वान गर्दै आएको छ ।