Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

डीडीसीले किन दिँदैन किसानको भुक्तानी ? प्रदेश सभा सदस्यको आक्रोश

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन २६, २०८२  | अपराह्न २:३२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । दुग्ध वितरण आयोजना (डीडीसी) ले लामो समयदेखि दुग्ध उत्पादन गर्ने किसानलाई भुक्तानी नदिएको विषयमा कोसी प्रदेश सभामा कडा आवाज उठेको छ।

सोमबार बसेको प्रदेश सभा बैठकमा नेकपा एमालेका सांसद किशोरचन्द्र दुलालले तेह्रथुमका चित्रेका किसानहरू महिनौंदेखि भुक्तानी नपाएर समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

बिज्ञापन

“एक-दुईवटा गाई पालेको आम किसानको घर खर्च त्यही दूध बेचेरै चलिरहेको छ, तर सात महिनादेखि भुक्तानी रोकिएको छ,” सांसद दुलालले भने, “डीडीसीले करिब १९ करोड रुपैयाँ किसानलाई तिर्न बाँकी राखेको छ। चित्रे दुग्ध चिस्यान केन्द्रमार्फत दूध पठाउने किसानको मात्रै १ करोड ३५ लाख रुपैयाँ बाँकी छ।”

उनले सन् २०८१ माघदेखि कुनै पनि भुक्तानी नभएको बताउँदै नेपाल सरकारले तत्काल आवश्यक व्यवस्था गरी किसानको बाँकी भुक्तानी उपलब्ध गराउनुपर्ने माग गरे।

तेह्रथुमको प्रदेश निर्वाचन क्षेत्र नं. १(१) अन्तर्गत पर्ने चित्रे क्षेत्रका किसान सात महिनादेखि भुक्तानीको प्रतीक्षामा रहेको उल्लेख गर्दै दुलालले निरीह किसानलाई थप मर्का नपरोस् भन्नाका लागि भुक्तानी छिटो गर्न आग्रह गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka