Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेश सभा बैठक राख्न माग तर कहिले र कहाँ बस्छ ?

Calendar आइतबार, आश्विन ०५, २०८२  | बिहान १०:०५ बजे

विराटनगर । कोसी प्रदेश सभाको बैठक बस्न सत्तासीन एमालेभित्रै माग उठेको छ । एमाले संसदीय दलले केही दिनअघि राखेको दलको जुम बैठकका क्रममा अधिकतर प्रदेश सभा सदस्यले प्रदेश सभा बैठक राख्न माग गरेका थिए ।

यसबाहेक दलले वर्तमान आन्दोलनको समीक्षा गर्दै अब कसरी अघि बढ्ने भन्ने विषयमा समेत लछफल गरेको थियो ।

बिज्ञापन

कोसी प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिले पनि तत्कालै प्रदेश सभा बैठक राख्न माग गर्दै सरकारको ध्यानाकर्षण गरेको थियो । तर, सभा कहिले राख्ने भन्ने टुंगो लाग्न सकेको छैन । कोसी प्रदेश सभामा एमालेका सदस्य जयप्रकाश चौधरीले संसदीय दलको बैठक र विधायन समितिमा समेत बैठक राख्नुपर्ने भन्दै प्रदेश सभा सदस्यहरुले मत राखेको बताए । उनले भने,‘ंतर कहिले बैठक बस्छ त्यो तय हुन बाँकी छ ।’’

आन्दोलनकारीले प्रदेश सभा सचिवालयमा आगजनी गरी ध्वस्त बनाई दिएका छन् । सभाहल जलेर पूरै खरानी भई सकेको छ । अब बैठक कहाँ बस्ने भन्ने सरकारले तय गर्ने सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका कर्मचारीहरु मिडिया सेन्टरको कोठामा बसेर दैनिक काम गरिरहेका छन् । सचिवालयका धेरै सामान चोरी भएका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka