






नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौँ । फरक क्षमता भएकी महिलामाथि जबर्जस्ती करणी गरी फरार रहेका प्रतिवादी राम चन्द्र बस्नेत पक्राउ परेका छन्। ४५ वर्षीय बस्नेतलाई प्रहरीले काठमाडौँ महानगरपालिका–१६, बनस्थली क्षेत्रबाट साउन १९ गते दिउँसो १२:४५ बजे पक्राउ गरेको हो।
घटना २०८१ साउन ६ गते दिउँसो करिब ५ बजे घटेको हो। सोलुखुम्बु जिल्ला, लिखुपिके गाउँपालिका–२ पोखरी निवासी बस्नेतले राजधानीको वतन टोलस्थित एक फरक क्षमता भएकी महिलामाथि करणी गरेको आरोप छ। घटनापछि बस्नेत फरार थिए।
पक्राउपश्चात उनलाई काठमाडौँबाट पक्राउ गरी सोलुखुम्बु ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका अनुसार उनलाई साउन २१ गते जिल्ला अदालत सोलुखुम्बुबाट सात दिनको म्याद लिई थप अनुसन्धान अघि बढाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिएका छन्।