Premier Cables
प्रत्यक्ष प्रसारण LIVE
Premier Steel

अर्थ कोशी प्रदेश

खाद्यान्नमा आत्मनिर्भर काेसी प्रदेश, प्रति व्यक्ति १९१ केजी आवश्यकता

नोट: यो समाचार १ महिना अघिको हो

Calendar बुधबार, साउन २१, २०८२  | साँझ ७:१५ बजे

विराटनगर । काेसी प्रदेशमा प्रति व्यक्ति १९१ केजी खाद्यान्न आवश्यक पर्दछ। प्रदेशमा हुने खाद्य उत्पादनले यो आवश्यकता पूरा हुने गरेकाे तथ्याङ्कले देखाएकाे छ ।

आवश्यकता भन्दा ६ लाख ९७ हजार ३५५ मेट्रिक टनले बढी उत्पादन हुने गरेकाेले काेसी प्रदेश खाद्यान्नमा आत्मनिर्भर रहेकाे छ ।

बिज्ञापन

प्रदेशमा गत आर्थिक वर्षमा २ लाख ७५ हजार २६७ हेक्टर जग्गामा वर्षे धान खेती भई ११ लाख ८२ हजार २२१ मेट्रिक टन उत्पादन भएको छ। कृषि विकास निर्देशनालय विराटनगरका अनुसार प्रदेशभर कुल ७ लाख १३ हजार ३३३ हेक्टर जमिन खेतीयोग्य भए पनि सिँचाइको अभाव र वर्षाको भरपर्दा सबै जमिनमा बाली लगाउन भने सकिदैन ।

वर्षे धानको उत्पादकत्व प्रति हेक्टर ४.२९ मेट्रिक टन रहेको छ। अघिल्लो वर्षको तुलनामा खेतीको क्षेत्रफल १.९७ प्रतिशतले र उत्पादन ३.१९ प्रतिशतले वृद्धि भएको निर्देशनालयले जनाएको छ। चैते धान ४३ हजार ८६८ हेक्टरमा लगाइएको थियो, जसबाट २ लाख ३८ हजार ३०८ मेट्रिक टन उत्पादन भयो।

मकै २ लाख ७७ हजार १६६ हेक्टरमा खेती भई ११ लाख ६६ हजार १४८ मेट्रिक टन उत्पादन भएको छ। कोदो ५७ हजार २७४ हेक्टरमा ८५ हजार ९७२ मेट्रिक टन, गहुँ ५१ हजार ६३५ हेक्टरमा १ लाख ३७ हजार ७३० मेट्रिक टन, फापर २ हजार ८९६ हेक्टरमा ४ हजार ७७५ मेट्रिक टन, र जौ ९८६ हेक्टरमा १ हजार २८५ मेट्रिक टन उत्पादन भएको हो।

फलफूलतर्फ, सुन्तला ८ हजार १०७ हेक्टरमा ६४ हजार ८२४ मेट्रिक टन र हिउँदे फलफूल २ हजार ८७३ हेक्टरमा २१ हजार ४४ मेट्रिक टन उत्पादन भएको निर्देशनालयले जनाएको छ। सुन्तलाको उत्पादकत्व ८ मेट्रिक टन र हिउँदे फलफूलको ७.३२ मेट्रिक टन प्रतिहेक्टर रहेको छ।

आर्थिक वर्ष २०८१/८२ मा दलहन बाली ३५ हजार १३२ हेक्टरमा ४० हजार ९३७ मेट्रिक टन र तेलहन बाली ४१ हजार ६८१ हेक्टरमा ५१ हजार ५१५ मेट्रिक टन उत्पादन भएको निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले बताए।

उनका अनुसार आलु ६६ हजार ३९९ हेक्टरमा १० लाख ८७ हजार ४११ मेट्रिक टन, अलैँची १४ हजार १९१ हेक्टरमा ७ हजार १५० मेट्रिक टन, उखु ५ हजार ९३२ हेक्टरमा ३ लाख ४२ हजार २८५ मेट्रिक टन र च्याउ ६ हजार १२१ मेट्रिक टन उत्पादन भएको छ।

आलु र उखुको उत्पादनमा वृद्धि भए पनि अलैँचीको उत्पादन ५.७ प्रतिशतले घटेको उनले बताए। साथै, प्रदेशमा प्रति व्यक्ति १९१ केजी खाद्यान्न आवश्यक पर्नेमा उक्त अवधिमा ६ लाख ९७ हजार ३५५ मेट्रिक टन खाद्यान्न अतिरिक्त उत्पादन भएकाले कोशी प्रदेश खाद्यान्नमा आत्मनिर्भर भएको जानकारी डाँगीले दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka