२०८२ बैशाख २३, मंगलबार
Premier Cables
Hamro Biratnagar Calendar सोमबार, बैशाख २२, २०८२

विद्यालय शिक्षा विधेयकलाई टुंगो लगाउनका लागि गठन गरिएको संसदीय उपसमितिको म्याद १० दिन थप भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमाले सचिवसमेत रहेका छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिको म्याद १० दिन थप भएको हो ।

बिज्ञापन

 

बिज्ञापन

उपसमितिले पाएको ३५ दिनको समयसीमा हिजो सकिएको थियो । अझै केही छलफल/निर्णय बाँकी रहेको भन्दै उपसमितिले म्याद थप मागेको थियो । समितिका सभापति अम्मरबहादुर थापाले सोमबारको बैठकमा १० दिनको म्याद थपका लागि गरेको प्रस्ताव पारित भएको छ ।

 

शिक्षक महासंघको ९ बुँदे सहमतिसँगै सरकार र सत्तारुढ दलका सचेतकले असार १५ भित्र शिक्षा ऐन जारी गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement