






विराटनगर । कृष्ण अष्टमीको अवसर पारेर विराटनगरस्थित स्कोन (अन्तराष्टिय कृष्णाभावनामृत संघ विराटनगर) ले एकदिने चित्रकला र नृत्य कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रतियोगिता यही साउन ३१ गते हुने भएको छ । विराटनगरको जैन तेरापन्थ भवनमा हुने सो कार्यक्रममा सरकारी र निजी गरी करिव ५० विद्यालयका ६ कक्षादेखि प्लस टुमा अध्यनरत १०० जना छात्र छात्राहरुले नृत्य प्रतियोगिता र चित्रकला प्रतियोगितामा सहभागी हुने बताइएको छ । यसमा प्लस टुका छात्रा छात्रहरुको र ६ देखि अन्यको अलग अलग समूह विभाजन गरिएको छ ।
स्पर्धामा पहिला दर्ता हुन आउने विद्यालयलाई लाई पहिलो प्राथमिकताका आधारमा सहभागी गराइने संस्थाका सचिव भानुभक्त जोशीले जानकारी दिए । कार्यक्रम शनिबार बिहान ११ बजेदेखि १ बजेसम्म चित्रकला र ३ बजेदेखि ५ बजेसम्म नृत्य प्रतियोगिता गराइने छ । यसका लागि साउन २८ गते अपरान्ह ५ बजेसम्म दर्ता गराईसक्नु पर्ने छ । २९ गते दिउसो ३ बजेभित्र छनौट गरिने सचिव जोशीले बताए ।
अडिसन राउण्डवाट छनौटमा परेकालाई मात्र कृष्णअष्टमीका दिन कार्यक्रममा सहभागी गराउने सचिव जोशीले सुनाए । नृत्यतर्फ प्रथम पुरस्कार रु ३०,००० , द्वितीय पुरस्कार रु. १५,००० तृत्तीयलाई रु ५,००० तथा प्रमाण पत्र दिइने छ । सातदिने भागवत गीता खोज सम्बन्धी विषयको ज्ञान अमृत प्रदान गरिने पनि आयोजकको भनाइ छ ।
विजेता तथा सहभागी अन्यलाई समेत सस्थाले कृष्णअष्टमीको कार्यक्रम लगतै अध्यात्मिक ध्यान शिविर वैद्धिक ज्ञान शास्त्रका विषयमा निःशुल्क ज्ञान सहभागिता मुलक र सकरातत्मक मूल्य मान्यता र अध्यात्म सम्बन्धी दिइने छ ।
साथै विभिन्न छुटमा ज्ञान सास्कृतिक मुल्यमान्यताको तालिम पनि दिइने छ । चित्रकलातर्फ प्रथम पुरष्कार रु १५,००० , द्वितीय रु १०,००० र तृतीय पुरस्कार राशि रु ५,००० रहेको छ । कार्यक्रम बिहान ५ बजे मंगल आरत्ँीबँँट आरम्भ हुने छ मध्यरात १२ बजे महाअभिषेक र महाप्रसाद वितरण गरिने छ ।