Premier Cables
Premier Steel

राष्ट्रिय

भक्तिवेदान्त गुरुकुल विवादबारे इस्कोन नेपालको ध्यानाकर्षण, अफवाह नफैलाउन आग्रह

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०५, २०८३  | अपराह्न १:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) नेपालले भक्तिवेदान्त गुरुकुलसँग सम्बन्धित विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

इस्कोन नेपालले एक विज्ञप्ति जारी गर्दै बालबालिकाको हक, हित, संरक्षण तथा सर्वाङ्गीण विकासप्रति संस्था पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालअधिकारसम्बन्धी ऐन, नियम तथा कानुनको पूर्ण पालना गर्दै वैदिक शिक्षामार्फत बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि गुरुकुलीय शिक्षा प्रदान गरिँदै आएको उल्लेख गरिएको छ।

बिज्ञापन

संस्थाका अनुसार इस्कोन विश्वभर वैदिक ज्ञानको प्रचारप्रसार गर्दै आएको आध्यात्मिक संस्था हो। श्रीमद्भगवद्गीता, श्रीमद्भागवत लगायतका वैदिक ग्रन्थमा आधारित शिक्षा प्रदान गर्दै आएको इस्कोनले विश्वभर एक हजारभन्दा बढी राधाकृष्ण मन्दिर स्थापना गरेको छ। साथै गुरुकुल शिक्षा, ‘फुड फर लाइफ’ अभियानमार्फत निःशुल्क भोजन वितरण, भक्तिवेदान्त अस्पतालमार्फत स्वास्थ्य सेवा लगायतका सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

हाल चर्चामा रहेको भक्तिवेदान्त गुरुकुल सम्बन्धी विषयमा कुनै औपचारिक निवेदन संस्थालाई प्राप्त नभएको दाबी गर्दै इस्कोन नेपालले नेपाल प्रहरीबाट भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विज्ञप्तिमा सत्य, तथ्य तथा निष्पक्ष अनुसन्धानको माग गर्दै अनुसन्धानबाट जोसुकै दोषी ठहरिए पनि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने उल्लेख गरेको छ ।

इस्कोन नेपालले व्यक्तिगत आरोप–प्रत्यारोपलाई धार्मिक तथा आध्यात्मिक उद्देश्यले स्थापित संस्थासँग जोडेर अनर्गल प्रचार नगर्न समेत सबै पक्षलाई आग्रह गरेको छ। अनुसन्धान प्रक्रिया जारी रहेकाले सत्यतथ्य नबुझी अफवाह फैलाउने वा संस्थाको छविमा आँच पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa