मौसम
कोसी प्रदेशमा आंशिक बदली रहने
नोट: यो समाचार ४ महिना अघिको हो
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसका प्रभावले बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेका कारण हाल बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहेको छ । बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू साथै मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ।
बिज्ञापन
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भूभागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहनेछ। मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Bagmati

- कोशी राजमार्गमा सडकमै चालकको स्वास्थ्य परीक्षण र सचेतना कार्यक्रम
- दमकमा खोला किनारमा तीन इन्सास राइफल फेला
- इमरान खान र पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय
- पश्चिमी बायुको प्रभावसँगै तराईमा हुस्सु-कुहिरोले बढ्यो चिसो
- नोबेल अस्पतालको पाँच तलाबाट खस्दा चिकित्सकको मृत्यु
- महाधिवेशन कार्यतालिका फेर्न कांग्रेसमा छलफल
- चुनाव आउन अढाई महिना बाँकी, सवारी इजाजत खुला
- सभामुख छान्न मधेस सभामा आज निर्वाचन
- मोरङबाट राष्ट्रिय जनावर गाईको संगठित तस्करी: मोरङको ‘छलगाछी’ नाका प्रयोग हुँदै
- विराटनगर महानगर कांग्रेस सभापतिमा अभिषेक गिरीको उम्मेदवारी घोषणा









