Premier Cables
Premier Steel

मौसम

पश्चिमी बायुको प्रभावसँगै तराईमा हुस्सु-कुहिरोले बढ्यो चिसो

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष ०६, २०८२  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो र राति देशभरको मौसम सामान्यतया आंशिक बदली रहनेछ। ठूलो वर्षा वा हिमपातको सम्भावना नरहे पनि आकाश खुल्ला नहुँदा घामको तापक्रममा केही कमी महसुस हुन सक्नेछ।

बिज्ञापन

तराईका भू-भागमा तापक्रम क्रमशः घट्दै जाने र बिहानको समयमा बाक्लो हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। हुस्सुका कारण भिजिटिबिलिटी (दृश्यांश) कम हुने भएकाले सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ।

यस्तै, चिसोका कारण जनजीवन र स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। विशेष गरी बिहानको समयमा यात्रा गर्ने यात्रु र चालकहरूलाई सावधानी अपनाउन भनिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka