काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ ।
नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।
बिज्ञापन
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका केही स्थान हुस्सु र कुहिरो रहनेछ । हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।