मौसम
मनसुनी वायुको प्रभाव कमजोर, वर्षाको सम्भावना घट्दो
नोट: यो समाचार ४ महिना अघिको हो
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर देखिएको छ, जसका कारण अधिकांश स्थानमा व्यापक वर्षा हुन सकेको छैन। तर, केही क्षेत्रमा भने हल्कादेखि भारी वर्षासम्मको सम्भावना अझै कायम रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहीबार (साउन ८) को दिन कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको छ। यीमध्ये विशेष गरी पहाडी भूभागहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।
बिज्ञापन
मौसमविद् सरोज पुडासैनीका अनुसार, “काठमाडौंमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” भने आजको तुलनामा भोलि अझ बढी स्थानमा वर्षा हुने प्रक्षेपण गरिएको छ। उनका अनुसार हाल मनसुनी वायु कमजोर रहेको छ तर आगामी २४ घण्टामा यसको प्रभाव केही बलियो हुने सम्भावना छ।
रातिको समयमा कोसी, मधेस र वाग्मती प्रदेशका साथै पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने बताइएको छ। कोसी प्रदेशका पहाड तथा तराई भूभाग र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने विभागको अनुमान छ।
विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको तुलनामा दक्षिणतिर सरेको छ, जसले गर्दा मनसुन अपेक्षाकृत कमजोर बनेको हो। यही कारणले तराईका कतिपय स्थानहरू अझै पनि खडेरीको अवस्थामा छन्।
Bagmati

- कोशी राजमार्गमा सडकमै चालकको स्वास्थ्य परीक्षण र सचेतना कार्यक्रम
- दमकमा खोला किनारमा तीन इन्सास राइफल फेला
- इमरान खान र पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय
- पश्चिमी बायुको प्रभावसँगै तराईमा हुस्सु-कुहिरोले बढ्यो चिसो
- नोबेल अस्पतालको पाँच तलाबाट खस्दा चिकित्सकको मृत्यु
- महाधिवेशन कार्यतालिका फेर्न कांग्रेसमा छलफल
- चुनाव आउन अढाई महिना बाँकी, सवारी इजाजत खुला
- सभामुख छान्न मधेस सभामा आज निर्वाचन
- मोरङबाट राष्ट्रिय जनावर गाईको संगठित तस्करी: मोरङको ‘छलगाछी’ नाका प्रयोग हुँदै
- विराटनगर महानगर कांग्रेस सभापतिमा अभिषेक गिरीको उम्मेदवारी घोषणा









