Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका तीन सडक अझै अवरुद्ध (हेर्नुहोस विवरण)

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, साउन ०५, २०८२  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । देशभर जारी अबिरल वर्षाका कारण आएको बाढी र पहिरोले विभिन्न मुख्य राजमार्गहरूमा गम्भीर क्षति पुर्‍याएको छ।

नेपाल प्रहरीले सोमबार जारी गरेको सूचनाअनुसार कोसी प्रदेशका मेची राजमार्ग, तमोर करिडो र कोसी राजमार्ग अवरुछ छन् । कालिगण्डकी, शहीद र भेरी कोरिडोरसहित ६ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध छन् । पाँच स्थानमा एकतर्फी मात्र सवारी आवागमन सम्भव रहेको जनाएको छ।

बिज्ञापन

कोसी राजमार्गको संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा बाढीले सडक पूर्णरूपमा बन्द भएको छ। मेची राजमार्गको पाँचथरको फिदिम नगरपालिका–५ र हिलिहाङ गाउँपालिका–७ को हेवाखोलामा डाइभर्सन बगाएपछि यातायात पूर्णरूपमा रोकिएको छ।

तमोर कोरिडोर अन्तर्गत पाँचथरकै तुम्वेवा गाउँपालिका–२ मा बाढीका कारण सडक अबरुद्ध छ।

कालिगण्डकी कोरिडोरको नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ तरङखोलामा बाढीले सडक काटेको छ भने शहीद राजमार्गको रोल्पाको थबाङ गाउँपालिका–१ र २ मा पहिरोले गर्दा सडक पूर्णरूपमा बन्द भएको छ।

भेरी कोरिडोरअन्तगर्त रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगारमा बाढीले सडक अवरुद्ध बनाएको छ।

एकतर्फी रुपमा भने काठमाडौं–नुवाकोट सडकखण्ड – टोखा नगरपालिका–२ मा वर्षाका कारण सडक संचालनमा छन् । मध्यपहाडी लोकमार्गको बागलुङको गलकोट नगरपालिका–११ काउसेमा पहिरो झरेपछि एकतर्फी सन्चालनमा आएको छ। कालिगण्डकी कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको आधा भाग बन्द भएको छ ।

शहीद राजमार्ग – रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिममा र भुर्तिबाङ क्षेत्रमा पहिरोका कारण एकतर्फी रुपमा मात्र यातायात संचालनमा छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka