Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

बाढीले हेवा खोलाको डाईभर्सन बग्यो, मेची राजमार्ग अवरुद्ध

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, साउन ०४, २०८२  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। निरन्तरको वर्षापछि आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्किँदा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले डाइभर्सन माथिबाट पानी बग्न थालेपछि यातायात ठप्प भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।

उनका अनुसार अहिले बाढीको बहाव क्रमशः घट्दैछ र बहाव कम भएपछि डाइभर्सन मर्मत गरी राजमार्ग सञ्चालनमा ल्याइने छ। “पानी घटेपछि यातायात पुनः सुचारु हुन्छ,” पोखरेलले बताए।

बिज्ञापन

राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ।

यो समस्याको जड विगतका घटनासँग जोडिएको छ। २०८० सालको असारमा आएको बाढीले हेवा खोलाको स्थायी पुल बगाएपछि बनाइएको अस्थायी बेलिब्रिज पनि गत असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि अस्थायी रूपमा डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको थियो।

यस्तै, गत जेठ ३१ गते फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने हेवा खोलाको बेलिब्रिज निर्माण सक्ने भनिएको दिनमै भाँचिएको थियो।

बाढी र पहिरोका कारण मेची राजमार्ग मात्र होइन, तमोर करिडोर समेत प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार साँघुरीगढी गाउँपालिका–९ मा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

सरकारी निकायहरूले समयमै मर्मत कार्य गरेर यातायात सुचारु गर्ने तयारी गरिरहेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka