Premier Cables
Premier Steel

विराटनगर शिक्षा

छात्रा कुटपिटको विरोधमा महेन्द्र मोरङ क्याम्पस स्ववियुमा तालाबन्दी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | अपराह्न २:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । महेन्द्र मोरङ आर्दश वहुमुखी क्याम्पसकी एक छात्रमाथि कुटपिट भएको भन्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यालयमा तालाबन्दी गरिएको छ ।

मंगलबार नेविसंघ निकटका स्ववियु उपसभापती शुलभ बस्नेत, सचिव सुदीक्षा थापा मगर (स्ववियु), पूर्व स्ववियु सचिव सनिम ठकुरीको वहकाउ तथा निर्देशनमा आएर नेविसंघ निकटका नेताहरुद्वारा वि.ए.सी. अध्ययनरत छात्रा रत्ना राजवंशीमाथि कुटपिट भएको भन्दै बुधबार तालाबन्दी गरिएको जनाइएको छ । आफूलाई नेविसंघ निकट स्वस्तिका पाण्डेले कुटपिट गरेको राजवंशीले बताइन ।

बिज्ञापन

डर-धम्की र दुर्व्यवहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै विधार्थीले प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् ।

“हामीमाथि भएको दुर्व्यवहारको हामीसँग यथेष्ट प्रमाण (अडियो र भिडियो क्लिप) समेत रहेको र सम्वन्धित निकायले माग गरेको खण्डमा उपलब्ध गराउँदछौं ।

क्याम्पस हाताभित्र हातहतियार प्रयोग गरी क्याम्पसकै स्ववियु चुनाव देखि नै पुरानै रवैया फेरि दोहोर्‍याएर हालका स्ववियु अध्यक्ष रोहित यादव सहित स्ववियु सदस्य गौतम मण्डल र आम विद्यार्थी रमेश यादवलाई फसाउँने र बदनाम गर्ने हिजोको कुकृत्यहरु गरेको प्रष्ट छ,” विज्ञप्तिमा जनाइएको छ ।

क्याम्पसलाई बदनाम गर्ने र स्ववियुलाई समेत बदनाम गर्नेलाई कारवाही हुनुपर्ने नभए शैक्षिक हडताल समेत गरिने विज्ञप्तिमा उल्लेख छ ।

Oplus_16777216

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka