






विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले विद्यार्थीहरूको सुविधाको लागि डिजिटल भुक्तानी प्रणाली सुरु गरेको छ।
अब विधार्थीले फी बुझाउन लामो लाइनमा पर्खनु नपर्ने भएको छ । यसबाट समयको वचत हुनुका साथै प्रविधि प्रयोग समेत बढ्ने अपेक्षा गरिएको छ ।
लेखा शाखा अगाडि दैनिक हजारौं विद्यार्थी र सेवाग्राहीहरू तीन–चार घण्टा लामो लाइनमा बस्नुपर्ने बाध्यता थियो । अब यस्तो बाध्यता हटेको छ ।
अब पहिले जस्तो लाइन बस्पुनुका साटो ई-बैङ्किङ र ई-वालेटबाटै भुक्तानी दिन मिल्ने क्याम्पसले जनाएको छ ।विद्यार्थीहरूले शुल्क काउन्टरमा टाँसिएको त्तच् कोड स्क्यान गरी केही सेकेन्डमै सजिलै शुल्क तिर्न सक्ने प्रणालीको विकास हुंदा सहज भएको स्ववियु अध्यक्ष रोहित यादवले बताए ।
विधार्थीले प्रविधि मैत्री वातावरण बनाउन क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए ।