Premier Cables
Premier Steel

विराटनगर

मोरङ क्याम्पसमा फेरि कुटिए विद्यार्थी, नेविसंघ माथि लाग्यो आरोप

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बिहिबार, साउन २९, २०८२  | राती ९:२४ बजे

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीहरुबीच फेरि कुटाकुट भएको छ ।

यस घटनालाई लिएर एक विद्यार्थीले आफ्नो सुरक्षा र कुटपिटमा संलग्नलाई कारवाही गर्न माग गर्दै उजुरी गरेका छन् ।

बिज्ञापन

बिहीबार बिहान आफूमाथि क्याम्पस परिसरमै नेपाल विद्यार्थी संघ इकाई कमिटी अध्यक्ष प्रशान्त यादव, सनिम ठकुरी, बलराम कामत लगायत दशबाह्र जना विद्यार्थीले स्ववियू सचिव सुदीक्षा थापा मगर र उपस्थित कलेजका प्राध्यापकहरुकै अगाडि हेल्मेट तथा मुक्काले कुटपिट गररेको विद्यार्थी मोहम्मद जमदेश आलमले आरोप लगाएका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय मोरङमा बिहीबार नै उजुरी दिई कुटपिटमा संलग्नलाई कार्वाही गर्न माग गरेका छन् । कुटपिटबाट आफूलाई आर्थिक, शारीरिक र मानसिक क्षति भएको आलमको भनाइ छ ।

यसअघि पनि महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी समूहबीच कुटपिट भएको थियो । केहीअघि स्ववियू कार्यालयमा खुकुरी भेटिएपछि निकै विवाद भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka