Premier Cables
Premier Steel

विराटनगर

महेन्द्र मोरङ क्याम्पसमा कोटेसन हेरफेरको आरोप, ‘न्यून बिड’ बदलिएपछि बढ्यो विवाद

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख १६, २०८३  | साँझ ६:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा कोटेसन प्रक्रियामा अंक हेरफेर गरिएको आरोपपछि विवाद उत्पन्न भएको छ।

क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख मोहन श्रेष्ठको मिलेमतोमा एक व्यवसायीलाई मात्रै प्राथमिकता दिँदै सेटिङ गरिएको दाबी गरिएको छ।

बिज्ञापन

क्याम्पसले बिबिएका विद्यार्थीका लागि वेलकम तथा फेयरवेल कार्यक्रम आयोजना गर्न खाना र अन्य व्यवस्थापनका लागि कोटेसन आह्वान गरेको थियो। विभिन्न होटलहरूले प्रति विद्यार्थीका दरले प्रस्ताव पेश गरेका थिए। तर, सबैभन्दा कम रकम प्रस्ताव गर्ने व्यवसायीलाई बेवास्ता गर्दै अन्यलाई काम दिन खोजिएको भन्दै असन्तुष्टि बढेको हो।

कंचनजंघा ब्यांकेटका सञ्चालक अमिस बरालका अनुसार, आफूहरूको रु. २२५० को न्यून बिड हुँदाहुँदै पनि मनास्लु होटललाई जिम्मा दिन अंक घटाएर रु. २२०० बनाइएको आरोप छ। “हाम्रो प्रस्ताव सबैभन्दा कम हुँदा पनि मिलेमतो गरेर परिवर्तन गरियो,” उनले भने। यस विषयमा क्याम्पस प्रशासनको ध्यानाकर्षण गराइसकेको र आवश्यक परे जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी रहेको उनले बताए।

अन्य बिडकर्ताहरूले पनि प्रक्रिया पारदर्शी नभएको भन्दै आपत्ति जनाएका छन्। कोटेसन मूल्याङ्कनमा न्यून अंक प्रस्ताव गर्ने पक्षलाई काम दिनुपर्ने कानुनी प्रावधान रहेको उनीहरूको भनाइ छ।

यस सम्बन्धमा सहायक क्याम्पस प्रमुखसँग स्पष्टीकरण माग्दा उनले स्पष्ट जवाफ नदिएको बताइएको छ। घटनाले क्याम्पस प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka