Premier Cables
Premier Steel

अन्तराष्ट्रिय समाचार

एयर इन्डिया दुर्घटना प्रतिवेदन: ‘फ्युल स्विच’ कसरी पुग्यो ‘कटअफ मोडमा’?

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २८, २०८२  | बिहान ८:३४ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले एयर इन्डियाको विमानको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।

प्रतिवेदनले जुन १२ को दुर्घटनाको मुख्य कारण उडानको क्रममा इन्जिनहरूमा इन्धन आपूर्ति बन्द हुनुलाई औँल्याएको छ ।

बिज्ञापन

बोइङ ७८७-८ ड्रीमलाइनर विमानले अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयमै इन्धन नियन्त्रण स्विचहरू रन बाट कटअफ मोडमा एक सेकेन्डको फरकमा परिवर्तन गरिएका थिए।

यसले इन्जिनहरूमा इन्धन आपूर्ति बन्द भएर विमानले शक्ति गुमाएपछि जमिनमा खसेको थियो । स्विचहरू फेरि उल्ट्याएर इन्जिनहरू फेरि सञ्चालनमा ल्याउने प्रयास गरिए पनि असफल भएको प्रतिवेदनमा उल्लेख छ ।

विमानको ब्ल्याक बक्सबाट ४९ घण्टाको उडान डाटा र दुई घण्टाको ककपीट अडियो रेकर्ड भेटिएको छ । जसमा दुर्घटनाको क्षण पनि समावेश छ।

इन्धन नियन्त्रण स्विचहरू विमान चालकहरूका सिटको बीचमा थ्रोटल लिभरको पछाडि रहेको हुन्छन् ।

अनावश्यकरूपमा स्विच नहोस् भनेर तिनीहरू धातुका बार र लकिङ मेकानिजमद्वारा सुरक्षित गरिएका हुन्छन् । ती स्विचहरू कस्तो प्रकारले पल्टाइएका थिए भन्ने विषयमा अनुसन्धान जारी छ।

उडानका क्याप्टेन ५६ वर्षीय पुरूष थिए जसको उडान अनुभव १५ हजार घण्टाभन्दा बढी थियो भने पहिलो सहचालक ३२ वर्षीय पुरूष थिए जसको अनुभव ३ हजार ४ सय घण्टाभन्दा बढी थियो।

यो दुर्घटनामा विमानमा सवार र जमिनमा रहेका गरी २ सय ६० जनाको ज्यान गएको थियो। उक्त उडान लन्डनको ग्याटविक विमानस्थलमा बेलुका ६ बजेर २५ मिनेटमा अवतरण हुने तालिकामा थियो। प्रारम्भिक निष्कर्षले दुर्घटनाअघि ककपीटमा भएका क्रियाकलापहरूप्रति गम्भीर प्रश्न उठाएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka